January 19, 2022

नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

NC updates active members' list - Khabarhub Khabarhub

नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्रीद्वयमा थापा र शर्मा निर्वाचित हुनुभएको हो । थापाले तीन हजार २३ र शर्माले एक हजार ९ सय ८४ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा बिजयी भएपनि थापाले पार्टी प्रतिनिधिबाट पाएको अपार माया र विश्वासप्रति न्याय गर्ने बताउनुभयो । अझै इमान्दारीपूर्वक पार्टी रूपान्तरणका लागि अगाडि बढ्ने उहाको भनाई छ ।

त्यस्तै नवनिर्वाचित महामन्त्री शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताउनुभयो । फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु भएको उहाको भनाई छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published.