December 5, 2023

नेपाली कांग्रेसद्धारा देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन

नेपाली कांग्रेसले शनिबार देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्न गरेको हो । यसै क्रममा प्रतिनिधि सभा विघटन विरूद्द शनिवार वसन्तपुरमा कांग्रेसले प्रदर्शन गरेको थियो ।प्रदर्शनपछि आयोजित सभामा कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो । संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उहाले बताउनुभयो । नेता सिंहले मुलुकमा निर्वाचनको घोषणा गरेपनि निर्वाचनमा जाने आट नेकपाका नेताहरुमा नभएको तर्क गर्नुभयो ।

सभामा नेविसंघका महामन्त्री मनोज बैद्यले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर लोकतन्त्रको हत्या गरेको आरोप लगाउनुभयो । उहाले ओली नेतृत्वको सरकार निरंकुशतर्फ गएको भन्दै आफुहरुले यसअघि नै आवाज उठाएको र अव पनि ओली प्रवृतिको विरोध जारी राख्ने बताउनुभयो ।यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *