November 30, 2023

नेपाली कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध

सरकारविरुद्ध काङ्ग्रेसको देशभर प्रदर्शन (फोटोफिचर)

कांग्रेस प्रदर्शन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ ।संसद बिघटनविरुद्ध पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको हो । ६ हजार ७४३ वडामा आयोजना गरिएको विरोध प्रदर्शनमा नेताहरुले सम्बोधन गरेका थिए । त्यस्तै काठमाडौंमा भएको प्रदर्शनमा शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

यसै क्रममा कांग्रेसले माइतिघरमा आयोजना गरेको विरोध प्रदर्शनमा कांग्रेस नेता प्रकाशमान सिंहले संविधानलाई बेवास्ता गरेर प्रधानमन्त्रीले एकलौटी ढंगले संसद बिघटन गरेकाले कांग्रेस विरोध प्रर्दशनमा उत्रिएको बताउनुभयो ।
उहाले मुलुकलाई तानाशाही शासनतर्फ अघि बढाएको र एकलौटी रुपमा निर्वाचनको घोषणा गरेको तर्क गनुभयो ।
यसअघि कांग्रेसले संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *