May 21, 2024

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार भएको निर्वाचनमा काँग्रेस महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै सभापति देउवा दलको नेतामा निर्वाचित हुनुभएको हो । निर्वाचनमा देउवाले ६४ मत पाउदा थापाले २५ मत पाउनुभएको निर्वाचन समितिका संयोजक भिष्मराज आङदेम्वेले जानकारी दिनुभयो । संसदीय दलको नेता चयनका लागि प्रतिनिधिसभामा निर्वाचित ८९ जना सांसदहरुले मतदान गरेको उहाले बताउनुभयो । त्यस्तै दलको नेतामा निर्वाचित भएपछि देउवाले निर्वाचन सम्पन्न गरेकोप्रति सवैलाई धन्यवाद दिनुभयो । उहाले पार्टीलाई एकतावद्ध बनाएर बलियो रुपमा अघि बढाउने धारणा राख्नुभयो । त्यस्तै महामन्त्री थापाले निर्वाचनको परिणामलाई आफुले सहज रुपमा स्वीकार गरेको बताउनुभयो । उहाले अहिले कांग्रेसको नेतृत्वमा नै सरकार बनाउनुपर्ने भन्दै अध्यारो कोठामा आलोपालो प्रधानमन्त्रीको सहमति गर्न नहुनेमा जोड दिनुभयो । बन्दकोठामा भएका सहमतिको जवाफदेही कांग्रेस हुन नसक्ने उहाको भनाइ छ । थापाले आफु संसदीय दलको नेता हुन कोसिस गर्ने भन्दै आफु सरकारमा सहभागी नहुने बताउनुभयो ।

कांग्रेस सभापति देउवा यो सँगै छैठौँ पटक पार्टीको संसदीय दलको नेता बन्नुभएको छ । यस अघि उहाँ विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित हुनुभएको थियो ।

One thought on “नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

  1. Some software will detect the screen recording information and cannot take a screenshot of the mobile phone. In this case, remote monitoring can be used to view the screen content of another mobile phone.

Leave a Reply

Your email address will not be published. Required fields are marked *