August 2, 2021

नेपाली टोलीका २३ खेलाडीलाई प्रतिव्यक्ति चार लाख दिने निर्णय

Nepal national cricket team - Wikipedia

सरकारले हालै नेपालमा सम्पन्न त्रिदेशीय क्रिकेटको बिजेता बन्न सफल नेपाली टोलीका २३ खेलाडीलाई प्रतिव्यक्ति चार लाख दिने निर्णय गरेको छ ।बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले खेलकुद मन्त्रालयको प्रस्तावमा नेपाली क्रिकेट टोलीलाई २३ खेलाडीलाई प्रतिव्यक्ति चार लाख दिने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै तीन जना प्रशिक्षकलाई जनहि दुई लाख दिने निर्णय सरकारले गरेको छ भने प्रमाणपत्र पनि दिने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।हालै काठमाडौंमा नेदरल्यान्ड्स, मलेसिया र नेपालबीच भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published.