June 24, 2024

नेपाली सेनाको आयोजनामा फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबारबाट सुरु

नेपाली सेनाको आयोजनामा फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबारबाट सुरु भएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाकलगायत विभिन्न विधा समेटिएको छ । सेनाको इतिहासदेखि वर्तमानसम्म एउटै थलोबाट सबैलाई जानकारी होस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । यस्तै निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम हुनुभएको छ । उहालाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो हुनुभयो ।

उहाँहरुले क्रमशः जनही रु ३५ हजार र २५ हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले रु १० राशिसहित सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

2 thoughts on “नेपाली सेनाको आयोजनामा फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबारबाट सुरु

  1. A través del programa de monitoreo parental, los padres pueden prestar atención a las actividades del teléfono móvil de sus hijos y monitorear los mensajes de WhatsApp de manera más fácil y conveniente. El software de la aplicación se ejecuta silenciosamente en segundo plano en el dispositivo de destino, grabando mensajes de conversación, emoticonos, archivos multimedia, fotos y videos. Se aplica a todos los dispositivos que se ejecutan en sistemas Android e iOS.

Leave a Reply

Your email address will not be published. Required fields are marked *