December 5, 2023

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Olympic Games - Wikipedia
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित हुनुभएको छ ।नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनबाट तेक्वान्दोका कीर्तिमानी पूर्व खेलाडी विष्ट निर्वाचित हुनुभएको हो । अध्यक्षका प्रत्यासी एनओसीका पूर्व उपाध्यक्ष समेत रहेका रबी राज थापालाई हराउँदै विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै संघको उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित हुँदा महिला उपाध्यक्षमा संगिना वैद्य निर्विरोध चयन हुनुभयो ।त्यस्तै महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन हुनुभयो ।

त्यस्तै सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छी माया कोजु, प्रमिला रिजाल, मुकुन्द हरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफल राम श्रेष्ठ र रन्जन श्रेष्ठ निर्वाचित हुनुभएको ओलम्पियन्स संघले जनाएको छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published. Required fields are marked *