July 30, 2021

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक जारी छ

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक जारी छ ।बैठक बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने बताइएको छ । यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली हुनुहथ्यो ।

यसअघि मंगलबारै बसेको प्रचण्ड–नेपााल समूहको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।गत आइतबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गर्नुभएको थियो । त्यस लगतै नेकपा दुई समूहमा बिभाजित छ ।

Leave a Reply

Your email address will not be published.