February 27, 2024

नेपाल टी–ट्वान्टी लिग अन्तर्गत आइतबार भएको खेलमा लुम्बिनी अल स्टार विजयी

नेपाल टी–ट्वान्टी लिग अन्तर्गत आइतबार भएको खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । टियु क्रिकेट मैदानमा लुम्बिनीले बिराटनगर सुपर किंग्स्लाई ३ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पाएको बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो । बिराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए । यस्तै रोहित कुमार पौडेलले २५ रन, सिकन्दर राजा १७ रन र अर्जुन साउद १० रनमा आउट भए । पृथु बास्कोटाले १८ रन बनाए । यता लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । हारसँगै पहिलो खेल खेलेको विराटनगर अंक बिहिन रहेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । त्यस्तै आइतबार नै भएको अर्को खेलमा पोखरा एभेन्जर्सलाई ५ विकेटले हराउँदै जनकपुरले सुखद सुरुआत गरेको हो ।पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर १ सय ३९ रन जोड्दै पूरा गर्यो । जनकपुरको जितमा सन्दीप जोराले अविजित रहदै सर्वाधिक ४० रन बनाए । पोखराका जाहिर खानले ३ तथा मौषम ढकाल र शरद भेषवाकरले १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुदै १ सय ३८ रन बनाएको थियो ।डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

2 thoughts on “नेपाल टी–ट्वान्टी लिग अन्तर्गत आइतबार भएको खेलमा लुम्बिनी अल स्टार विजयी

  1. Existe alguma maneira de recuperar o histórico de chamadas excluídas? Aqueles que possuem backup na nuvem podem usar esses arquivos de backup para restaurar registros de chamadas de celular.

  2. Se você está se perguntando como descobrir se seu marido está traindo você no WhatsApp, talvez eu possa ajudar. Quando você pergunta ao seu parceiro se ele pode verificar seu telefone, a resposta usual é não.

Leave a Reply

Your email address will not be published. Required fields are marked *