August 2, 2021

नेपाल पुलिस क्लबले दोस्रो जित

Nepal Police clinch Women's Volleyball title

पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।आइतबार त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा भएको खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । जितसँगै पुलिसले ३ खेलमा ६ अंक जोडेको छ । पुलिस लिगको तेस्रो स्थानमा रहेको छ ।

उपाधि दाबेदार पुलिसले मणिमुकुन्दमाथि २५–१८, २५–१९ र २५–११ को सेटमा जित निकालेको थियो । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने छन् । मणिमुकुन्दको यो लगातार तेस्रो हार हो भने मणिमुकुन्द पुछारमा रहेको छ । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published.