November 30, 2023

नेपाल पुलिस क्लबले सहज जित

Image result for nepal police club

राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा सिर्जना खड्का, निर्मला बिक र रेखा पौडेलले एक एक गोल गरिन्

लिगमा पुलिसको यो चौंथो जित हो । जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलमा १४ अंक जोडेको छ । वालिङ पुलिस भन्दा गोल अन्तरले अघि रहेको छ । चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *