May 24, 2022

नेपाल भारत सीमाका बिषयमा द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह

प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल भारत सीमाका बिषयमा द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेको बताउनुभएको छ । शनिबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसंग सीमा विषयका बारेमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेको बताउनुभएको हो । पत्रकार सम्मेलनका क्रममा देउवाले भारतको आर्थिक रुपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको धारणा राख्नुभयो । उहाले नेपाल र भारत सडक र रेल जस्ता सम्पर्क सञ्जाल सम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मल निर्यात गर्ने सम्बन्धी केही समय पहिले भएको समझदारी भएको र यसको सफल कार्यान्वयनमा जोड दिएको जानकारी दिनुभयो । उहाले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुई जना सहमत भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभयो । त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समक्षकी शेरबहादुर देउवाको भारत भ्रमणले दुई देश बिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । देउवा र आफूबिच नेपाल र भारतका सम्बन्धका विविध पक्षका बारेमा छलफल भएको उहाले बताउनुभयो । त्यस्तै मोदीले नेपाल र भारतबिच ऊर्जा क्षेत्रमा साझेदारी हुनुपर्नेमा जोड दिनुभयो । सो क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले सोलु करिडोरको प्रसारण लाइनको उद्घाटन गर्नुभयो । त्यस्तै उहाँहरुले करियो झण्डा देखाएर जनकपुर जयनगर रेल सेवा उद्घाटन पनि गर्नुभयो भने १ सय ३० भन्दा बढी स्वास्थचौकीहरु र रुपे डिजिटल कार्डको संयुक्त उद्घाटन गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार वटा सम्झौता भएको छ । दुई देशबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञतासम्बन्धी सम्झौता भएको हो ।

Leave a Reply

Your email address will not be published.