
नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीलेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन अघि बढाउन लागेको र उक्त बिधेयक मुलुकको हितमा नरहेको भन्दै नेमकिपाले बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले देशघाती नागरिकता विधेयक खारेज गर, भारतीय विस्तारवाद मूर्दावाद लगाएका नारा लगाएका थिए । ने
मकिपाले नागरिकता विधेयकमा पुन छलफल गरि देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ ।