December 5, 2023

नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन र चाँदीका असर्फी खरिद गर्नेको भीड

Nepal Rastra Bank Driver Vacancy Notice Exam & Interview Date - Exam Sanjal

नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन र चाँदीका असर्फी खरिद गर्नेको भीड लागेको छ । तिहारका समयमा विभागले सुन र चाँदीका सिक्काहरु बिक्रि बितरण गर्दै आएको छ । यसपटक चैत्र देखि नै सुन र चाँदीका असर्फी बिक्रि बितरण गर्दै आएपनि अहिले तिहारका बेला चाप बढेको टक्सार विभागका निर्देशक विनोदराज आचार्यले जानकारी दिनुभयो । गत बर्ष परिक्षण उत्पादन मात्र गरेको र पुरानो मौज्दात बिक्रिबितरण गरेपनि यसपटक व्यावसायिक रुपमा उत्पादन गरिएको असर्फी बिक्रि गरिएको उहाले बताउनुभयो । आइतबारसम्म हरेक खरिदकर्तालाई खाली हात नफर्काउने गरि बिक्रिको व्यवस्था गरिएको उहाको भनाई छ ।

विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी खरिद गर्न सकिने आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *