December 1, 2023

नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य

Prem Bahadur Ale appointed as Minister of Culture, Tourism, and Civil  Aviation

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउनुभएको छ । भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा काठमाडौंस्थीत भारतीय राजदूतावासले आयोजना गरेको ६ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल ¥यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको पनि बताउनुभयो । उहाँले दुई देशबीचको धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथको विकास अत्यावश्यक भएकामा जोड दिनुभएको होे । पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवद्र्धनमा मन्त्री आलेले जोड दिनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताउनुभयो ।पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले ¥यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । पचासवटा मोटरसाइकलको उक्त ¥याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *