December 5, 2023

नेपाल विद्यार्थी संघले काठमाडौंमा उल्टो जुलुस निकालेको

संसद बिघटनको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौंमा उल्टो जुलुस निकालेको छ ।माइतीघरमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताहरू उल्टो हिँडेर बानेश्वरसम्म पुगेका थिए ।प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले दुई तिहाइ नजिकको सरकार जनताप्रति जिम्मेवार नभएको र संसद बिघटन गरेर संविधानलाई नै खतरामा पारेको आरोप लगाउनुभयो । संविधान बिपरितको काम गरेर प्रधानमन्त्रीले उल्टो काम गरेकाले उल्टो हिडेर बिरोध गरिएको उहाले बताउनुभयो ।

त्यस्तै नेविसंघका महामन्त्री मनोज बैद्यले वर्तमान सरकारको असंवैधानिक कमदको विरोधमा नेविसंघ निरन्तर विरोधमा रहेको बताउनुभयो । उहाले सरकार नागरिकप्रति जिम्मेवार नभएको र मुलुकलाई नै संकटमा ढकेल्ने प्रयत्न गरेको जिकिर गर्नुभयो ।मन्त्रिपरिषद्को सिफारिशमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा विघटन गरेपछिकांग्रेस भ्रातृ संगठन नेविसंघले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।

One thought on “नेपाल विद्यार्थी संघले काठमाडौंमा उल्टो जुलुस निकालेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *