July 30, 2021

नेपाल शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश

KP Sharma Oli - Wikipedia

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताउनुभएको छ ।राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपुर्ण राजनीतिको मुलधारमा फर्काएकाले नेपाल शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताउनुभएको हो ।उहाले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएको उल्लेख गर्नुभयो । त्यस्तै उहाले संविधानको सफल कार्यान्वयनमार्फत जनताद्वारा प्रतिविम्वीत बिषयहरुलाई सम्बोधन गर्दै जाने जिकिर गर्नुभयो ।

उहाले शािन्तपूर्ण ढंगले मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने र यसमा सुरक्षा निकायको भूमिका अपरिहार्य हुने तर्क गर्नुभयो । प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने धारणा राख्नुभयो ।प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमाा बृक्षारोपण समेत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.