June 24, 2024

नेपाल संवत् ११४२ शुक्रबारबाट सुरु

Sankhadhar Sakhwa - Wikipedia

नेपाल संवत् ११४२ शुक्रबारबाट सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गराउनुभएको थियो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । नेपाल सम्वतका अवसरमा काठमाडौंको बसन्तपुरमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सम्वत राष्ट्रिय सम्वत भएको र यसले अन्तराष्ट्रिय मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *