December 1, 2023

न्यायमूर्तिहरुको मर्यादा कुल्चने काम गरेको टिप्पणी

KP Sharma Oli - Wikipedia

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोट लगाएका अराजक व्यक्तिहरुले न्यायमूर्तिहरुको मर्यादा कुल्चने काम गरेको टिप्पणी गर्नुभएको छ ।सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश व्यक्त गर्दै अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा कुल्चने काम गरेको टिप्पणी गर्नुभएको हो । वकिलहरूले न्यायाधीश तय गर्ने हो भने कस्तो न्यायिक सिस्टम तय गछौं भन्ने प्रश्न सिर्जना भएको उहाको भनाई छ ।त्यस्तै आफूले प्रक्रिया पु¥याएरै प्रतिनिधिसभा विघटन गरेकाले विपक्षीहरु अदालतमा गएर केही नहुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमार्फत जनतामा जान्छु भन्नु प्रतिगमन नहुने जिकिर गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले भोटका लागि पपुलिस्ट र घटिया काम सरकारले नगर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले केहि दलले दल बिभाजन र किर्ति काम गरिरहेको भन्दै किर्ते कागजका भरमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी भएको आरोप लगाउनुभयो । एमाले नेता माधवकुमार नेपाल–झलनाथ खनाल लगायतका केही नेता आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न निर्लज्ज तरिकाले लागेको समेत उहाले बताउनुभयो ।प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको भन्दै ओलीले त्यसलाई चिर्न युवा संघलाई निर्देशनसमेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *