January 19, 2022

न्यायलयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनिय नभएको

Baburam Bhattarai on Twitter: "( Circulated by my classmates in India)… "

जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायलयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनिय नभएको बताउनुभएको छ । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले न्यायलयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताउनुभयो । उहाले न्यायलयभित्रको विवाद न्यायलयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले एमाले अध्यक्ष केपी ओलीले न्यायलयको आन्तरिक बिषयमा हस्तक्षेप गर्नु खोज्नु पानी धमिलाएर माछा मार्नु जस्तो भएकाले त्यसो नगर्नु नै ठिक हुने सुझाव दिनुभयो त्यस्तै कांग्रेस नेता भिमसेनदाश प्रधानले प्रधानन्याधिश कै कारण विवाद उठेको बतायनुभयो । न्यालयको विवाद न्यायलयबाटै निरुपण भए न्यायलयको इज्जत बढ्ने उहाको भनाई छ ।

त्यस्तै एमाले सांसद महेश बस्नेतले उहाले न्यायलयमा देखिएको समस्या व्यक्तिगत रुपमा भन्दा पनि नीतिगत समाधान हुनुपर्ने बताउनुभयो । बस्नेतले वर्तमान प्रधान्याधिश हटाएर नयाँ प्रधानन्याधिश ल्याउनका लागि विवाद सिर्जना गर्न खोजिको आशंका व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.