November 30, 2023

पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँने

Yoga guru Ramdev set to launch TV channels in Nepal | Deccan Herald

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँने बताउनुभएको छ । शुक्रबार काठमाडौंस्थीत पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभी, आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन गर्दै प्रधानमन्त्रीले आयुर्वेद औषधीका उत्पादनका लागि पतञ्जलीलाई जग्गा उपलव्ध गराउने बताउनुभएको हो । उहाले विश्वभरि नै स्वास्थ्यका लागि सवैभन्दा उत्तम योग नै रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले बारम्बार नेपाल आउन पनि रामदेवलाई आग्रह गर्नुभयो ।त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समाजलाई निरोगितातर्फ लैजाने अभियानको सुरुवात रामदेवले गर्नुभएको बताउनुभयो ।

नेपालको बिकासमा पतञ्जलीको योगदान महत्पूर्ण रहेको उहाले बताउनुभयो । नेपालमा रहेका अमूल्य जटिबुटिको प्रशोधन गर्दै उपयुक्त रुपमा प्रयोग गर्नुपर्ने उहाले बताउनुभयो ।त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले योग साधनाको बेग्लै महत्व रहेको धारणा राख्नुभयो । कार्यक्रममा भारतीय योगगुरु रामदेवले नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको धारणा राख्नुभयो । नेपालको आर्थिक र सामाजिक बिषयमा पूर्ण सहयोग रहने उहाले बताउनुभयो । उहाले भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *