July 25, 2021

पत्रकारहरुको संस्था प्रेस संगठन

नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई पक्षमा बिभाजन भएपछि यसको प्रभाव पत्रकारहरुको संस्था प्रेस संगठनमा पनि देखिएको छ ।ओली र प्रचण्ड–नेपाल दुई पक्षका विभाजित भएसँगै नेकपा निकट प्रेस संगठनमा पनि विभाजन देखिएको हो ।

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षीय पत्रकारहरुले प्रेस संगठनको समानान्तर भेलाको आयोजना गरेका छन् । मंगलबार प्रचण्ड– नेपाल पक्षीय पत्रकारले भेलाको आयोजना गरेको थियो । भेला अघि प्रेस संगठनले काठमाडौंमा विरोध ¥याली निकालेको थियो भने भेलालाई अध्यक्षद्वय प्रचण्ड र नेपालले सम्बोधन गर्नुभएको थियो ।त्यस्तै ओली पक्षिय पत्रकारहरुको भेला बिहीबार बोलाइएको छ । भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published.