August 10, 2022

परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ

Krishna Bahadur Mahara elected Speaker - myRepublica - The New York Times  Partner, Latest news of Nepal in English, Latest News Articles

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताउनुभएको छ । कृषि बधुवा मजदुर अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले देशका विभिन्न भुगोलमा रहेका हलिया, कमैया र हरुवा–चरुवाको पुनर्स्थापनाका विषयमा देखिएका समस्या दीगो रुपमा समाधानका लागि पहल गर्ने बताउनुभयो । श्रेष्ठले पछाडी पारिएका वर्ग समुदायको उत्थान, पुनर्स्थापना, रोजगारीसँग जोडिएका बिषयहरुको न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आवश्यकता, रुची र सम्भाव्यताका आधारमा मुक्त हलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आर्यआर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले बलपूर्वक श्रम र न्यून ज्यालाको समस्या समाधानको पहल गर्ने बताउनुभयो ।

सरकारले संविधानको मर्म र भावनाअनुसार भूमिहीन, सुकुम्वासी तथा दासत्वसँग जोडिएका मुद्दाहरूलाई सदाका लागि अन्त्य गर्ने बताउनुभयो । कार्यक्रममा एमाले सांसद शान्ता चौधरीले कमैया, कम्लरी र हलियाका रूपमा दुःख पाएकाहरु मुक्त भएपछि पनि न्यायिक पुनःस्थापना प्रभावकारी हुन नसकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.