November 30, 2023

पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति धर्मशालाको स्थलगत निरिक्षण

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको स्थलगत निरिक्षण गर्नुभएको छ । यसअघि भारत सरकारले अनुदानमा बनाइदिइएको धर्मशालामा वतास समूहले हाटेल सञ्चालन गरेको पाइएपछि मन्त्री आलले निरिक्षण गर्नुभएको हो । सो क्रममा मन्त्री आलले होटलको प्रत्येक कोठाको निरिक्षण गर्नुभएको थियो भने कोठाको दर रेटका बारेमा जानकारी लिनुभएको थियो । निरिक्षणपछि मन्त्री आलेले आफूले नसोचेको कुरा पाएको र धर्मशाला कुनै सात तारे होटल भन्दा कम नदेखिएको बताउनुभयो । यसबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिने उहाले बताउनुभयो । मन्त्री ओलेले छानबिनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । आलेले राजनीतिक प्रतिशोध साँध्नका लागि आफूले कुनै काम नगरेको भन्दै आफ्नै पार्टीको भए पनि सरकारी सम्पती दुरुपयोग हुन नदिने स्पष्ट पार्नुभयो ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा बनाइएको धर्मशालाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । तर धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *