April 15, 2024

पार्टीको निर्णय बिपरित कांग्रेसले चूनावी तालमेललाई अघि बढाएको

REPUBLICADAINIK | Shekhar-Koirala-&-Gagan-Tha - REPUBLICADAINIK

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको निर्णय बिपरित कांग्रेसले चूनावी तालमेललाई अघि बढाएको टिप्पणी गर्नुभएको छ । नेविसंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोईरालाले केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताउनुभएकाो हो । उहाले कम्युनिष्टसंग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले कांग्रेसका उम्मेदवार जिताउन सवै लाग्नुपर्ने धारणा राख्नुभयो । नेता कोइरालाले कांग्रेस मुलुकको बलियो पार्टी भएको भन्दै गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने स्पष्ट पार्नुभयो । त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउनुपर्ने बताउनुभयो । उहाले चूनावमा हुने पदको बार्गेनिङसंग कांग्रेस डराउन नहुने तर्क गर्नुभयो ।

चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने कांग्रेसको निर्णय भएपनि अहिले त्यस्तो हुन नसकेको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *