December 1, 2023

पार्टीको वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन

Samajbadi Party, Nepal - Wikipedia

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीको वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।शुक्रबार यादव पक्षका जसपा नेताहरु आयोगमा पुगेर आफुसंग बहुमत कार्यकारिणी सदस्य रहेका भन्दै ३० जना सदस्यको हस्ताक्षरसहित आधिकारीताका लागि निवेदन दिएको हो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार निरुपणका लागि निवेदन दिइएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।पार्टीलाई कानून बमोजिम बहुमतका आधारमा सञ्चालनका लागि आधिकारिकता विवाद टुंग्याउनु परेको निवेदनमा उल्लेख गरिएको उहाले बताउनुभयो ।

आफुहरुको बैठकमा ६० प्रतिशत बढि सदस्यहरु रहेको र आफुहरुले गरेको निर्णय नै आधिकारी भएको जानकारी पनि आयोगमा गराइएको उहाले जानकारी दिनुभयो । श्रेष्ठले विवाद निरुपणसम्बनधी निर्वाचन आयोगको पत्रलाई सम्मान गर्दै ३० जनाको हस्ताक्षरसहित निवेदन दर्ता गराएको बताउनुभयो ।बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि दुवै पक्षले एक अर्कालाई कारबाही गर्दै विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएपछि आयोगलेदुवै पक्षका दाबी खारेज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *