November 30, 2023

पार्टीभित्रको बहस बिधी र पद्धतीका लागिमात्र भएको

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीभित्रको बहस बिधी र पद्धतीका लागिमात्र भएको बताउनुभएको छ ।पार्टी कार्यालय धुम्वाराहीमा शनिबार कांग्रेसका पूर्व सांसद कौसर साहलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अवको समाजवादको यात्रामा अघि बढ्न सन्दर्भमा कस्तो आर्थिक नीति हुने, कस्तो राजनीतिक मान्यताहरुलाई अवलम्वन गर्दै जाने र कस्तो आचारसंहितालाई पालन गर्ने भन्ने बहसमात्र भएको बताउनुभएको हो ।उहाले बिधी बिधान र पद्धतीलाई स्थापीत गर्न पार्टी भित्र हुने बहस स्वभाविकमात्र भएको उल्लेख गर्नुभयो ।संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको भन्दै प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको दायित्व पनि कम्युनिष्ट पार्टीको नै भएको धारणा राख्नुभयो ।प्रचण्डले गणतन्त्रलाइ रक्षा र सुदृढ गर्ने र यो प्रणालीमार्फत मुलुकको आर्थिक बिकासको यात्रा तय गरिने भन्दै यसमा चूनौति सामना गर्ने तागत कम्युनिष्ट पार्टीभित्र मात्र रहेको बताउनुभयो ।

त्यस्तै नेकपा नेता माधव कुमार नेपालले नेकपाप्रति जनताको विश्वास बढ्दै गएको बताउनुभयो ।पार्टी प्रवेश गर्दै साहले कांग्रेसको नेतृत्व असक्षम तथा विचारविहीन भएकाले आफूहरुले कांग्रेस पार्टी परित्याग गरेको बताउनुभयो । कांग्रेसले बीपीको विचारलाई पार्टी सिद्धान्त बनाउन नसकेको उहाको आरोप छ ।उहाले कांग्रेसमा गुट–उपगुट रहे पनि एकजुट बनाउन नसकेको आरोप पनि लगाउनुभयो । साह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बन्नुभएको थियो । उहासंगै १०९ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *