May 23, 2024

पार्टीभित्र कोही पनि असन्तुष्ट छैन: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दावी गर्नुभएको छ । आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनित पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई बलियो र एकतावद्ध बनाउदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताउनुभएको हो । उहाले निवर्तमान अध्यक्ष कमल थापासंग धेरै बिषयमा छलफल भएको र छलफलका क्रममा देखिएका केहि बिषयलाई चाडैं टुङ्गोमा पुराइने धारणा राख्नुभयो । राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई निराश नवनाउने भन्दै उहाले चाडै सकारात्मक सन्देश प्रभाह गर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई मनोनित गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *