June 14, 2024

पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारवाही गर्ने चेतावनी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारवाही गर्ने चेतावनी दिनुभएको छ । सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र केपी ओलीमा व्यक्तिबादी चरित्र देखापरेकै कारण आफुहरुले बिद्रोह गर्नुपरेको भन्दै एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारवाही गर्ने चेतावनी दिनुभएको हो । उहाले आफ्नो पार्टी पुरातनवादी पार्टी भन्दा भिन्न पार्टी भएको जिकिर गर्नुभयो । उहाले यसअघि जनताले दिएको जनमतलाई एकाधिकारबादी बानीले मूल्याङ्कन गर्न नसक्दा कम्युनिष्ट पार्टी भिन्न भएको बताउनुभयो । पाँच दलको गठबन्धनको सरकारलाई अघि बढाउने काम गरेपछि नेपालको राजनीतिमा नयाँ परस्थीति सिर्जना भएको उहाले बताउनुभयो ।

उहाले पार्टीलाई जिल्ला जिल्लामा बिस्तार गरि आउने निर्वाचनमा पार्टीलाई भारी मतले जित दिलाउने गरि तयारी गर्न निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *