October 29, 2021

पार्टीमा एकताको सम्भावना क्षीण हु“दै गएको : माधवकुमार नेपाल

Nepal's note of dissent is likely to reignite conflict within ruling party

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ ।शुक्रबार जनकपुरधामस्थित एमाले पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले केपि ओली दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीको दम्भ धरहरा भन्दा अग्लो भएको उहाको टिप्पणी छ । पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उहाँले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाउनुभयो ।

उहाँले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राख्नुभयो । पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उहाँले आफूहरूको मूल घर नेकपा ( एमाले) नै रहेको स्पष्ट पार्नुभयो । नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न राष्ट्रिय कार्यकर्ता भेलामा राजनीतिक प्रस्ताव गरेको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.