April 15, 2024

पार्टीलाई पूनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने

Yogesh Bhattarai new tourism minister

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीलाई पूनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने बताउनुभएको छ । रिपोटर्स क्लबले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले महाधिवेशन लगतै एमाले भिन्नै गतिको साथ अघि बढ्ने र निर्वाचनपछि एमाले पुन सरकारमा कमव्याक हुने बताउनुभएको हो । अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने उहाले दावी गर्नुभयो । उहाले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिनेपनि विश्वास दिलाउनुभयो । सहमतिमार्फत नेतृत्व चयन हुने भन्दै उहाले े सहमति नभए हरेक व्यक्तिले आफूले चाहेको पदमा उठ्न पाउने धारणा राख्नुभयो । भट्टराईले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गर्नुभयो ।

उहाले ५ लाखभन्दा बढि जनसमूदायको उपस्थितिमा महाधिवेशन गरिने धारणा पनि राख्नुभयो ।
उहाले एमाले सरकारबाट प्रतिपक्षमा पुगेको अवस्था र माधव नेपालले पार्टी विभाजन गरेको अवस्थालाई भने पार्टीको चूनौतिको रुपमा लिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *