April 15, 2024

पार्टीले गरेको निर्णय अनुसार सवै अघि बढ्नुपर्ने: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अव पार्टीले गरेको निर्णय अनुसार सवै अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस,मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णय अनुसार सवै अघि बढ्नुपर्ने बताउनुभएको हो । तालमेलका बिषयमा आफुले उठाएको बहस सैद्धान्तिक बिषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उहाको भनाई छ । उहाले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई बिजयी गराउनुपर्ने बताउनुभयो ।

थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सवैलाई समेटेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *