March 21, 2023

पार्टीले गरेको निर्णय पार्टी अध्यक्ष केपी आलीले मान्नुपर्ने

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं राष्ट्रियसभा सदस्य राम नारायण बिडारीले पार्टीले गरेको निर्णय पार्टी अध्यक्ष केपी आलीले मान्नुपर्ने बताउनुभएको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता बिडारीले पार्टी कुनै एक व्यक्तिको मात्र नभएको भन्दै पार्टीको हरेक निर्णय अध्यक्ष लगाएत सवैले मान्नुपर्ने बताउनुभएको हो । उहाले पार्टीभित्र निर्णय गर्दा कुनै समस्या देखिए बहुमत र अल्पमतको आधारमा हरेक बिषयको निर्णय हुन सक्ने तर्क पनि गर्नुभयो । त्यस्तै बिडारीले स्थायी कमिटीको आगामी बैठक अध्यक्ष ओली उपस्थीत भएपनि नभएपनि बस्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले अहिलेको सरकारले जनअपेक्षा अनुरुपको काम गर्न नसकेको पनि धारणा राख्नुभयो ।

फरक प्रसंगमा नेता बिडारीले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको टेप प्रकरण आफुले पनि सुनेको भन्दै व्यक्तिगत लेनदेनको बिषय हुन सक्ने बताउनुभयो । उहाले नेताहरुको लगानीका बिषयमा छानविन गर्ने निकाय रहेको भन्दै आवश्यक परे छानविन हुनसक्ने पनि बताउनुभयो ।नेकपा प्रवक्ताको लेनदेनसम्बन्धी टेप सार्वजनिक भएपछि सामाजिक सञ्जाल लगाएतका बृतमा पक्ष र बिपक्षमा तर्क बितर्क हुन थालेका छन्

Leave a Reply

Your email address will not be published.