December 5, 2023

पार्टी एकताका बारेमा भएका छलफलबारे जानकारी

CPN UML to seek clarification from eight leaders | Radio Nepal | रेडियो  नेपाल
UML boycotts swearing-in at Bharatpur Metropolis - The Himalayan Times -  Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

नेकपा एमालेको स्थायी कमिटीमा पार्टी एकताका बारेमा भएका छलफलबारे जानकारी गराइएको छ । तुलसीलाल स्मृति भवन च्यासलमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकमा बिघटीत कार्यदलका संयोजक सुवास नेम्वाङले एकताका लागि भइरहेको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो । बैठक आइतबार तीन बजे बस्नेगरि सकिएको छ । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने जनाइएको थियो । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी बिसन्चो नभई तन्दरुष्ठ रहेको बताउनुभयो । त्यस्तै एमाले नेता एवं कार्यदलका सदस्य सुवास नेम्वाङले पार्टीलाई एकतावद्ध रुपमा राख्न भएका प्रयासका बारेमा बैठकलाई जानकारी गराइएको बताउनुभयो । उहाले पार्टीलाई एकतावद्ध बनाउनका लागि शनिबार पनि छलफल भएको र छिटो भन्दा छिटो ठोस निष्कर्षमा पुराउनुपर्नेमा जोड रहेको जानकारी दिनुभयो ।

त्यस्तै एमाले उपाध्यक्ष बामदेव गौतमले एकताका लागि प्रयासहरु भइरहेकाले शनिबारको बैठक स्थगीत गरिएको जानकारी दिनुभयो । यसअघिको कार्यदल पुन सक्रिय भएको र केहि निष्कर्ष आउने बिश्वास उहाको छ ।नेताहरुका अनुसार माधव नेपाल पक्षकै आग्रहका कारण बैठक अन्य एजेण्डामा प्रवेश नै नगरि आइतबारका लागि स्थगीत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *