December 5, 2023

पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न नसक्ने

Deputy Prime Minister Pokhrel leaves for UAE - The Himalayan Times -  Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताउनुभएको छ ।शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले सहमति जुट्न बाँकी विषयमा छिटै सहमति जुटाउन पार्टी अध्यक्ष केपी ओलीले निर्देशन दिएको भन्दै अव अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताउनुभएको हो ।पार्टीलाई मिलाउन अधिकतम कोसिसमा आफुहरु रहेको र अधिकतम कोसिस गर्ने नाममा अनिश्चिताको स्थिति रहन नहुने उहाले बताउनुभयो । महासचिव पोखरेलले कार्यदलले सहमति गरेका १० बुँदे कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा नै आफुहरुको जोड रहेको धारणा राख्नुभयो ।त्यस्तै महासचिव पोखरेलले शनिवार पार्टीको स्थायी कमिटी बैठक बस्ने र बैठकले विधान अधिवेशन लगायत विषयमा निर्णय लिने जानकारी दिनुभयो ।

एमालेको विवाद समाधानका लागि गठित कार्यदलले असार २८ गते १० बुँदे सहमति गरेको थियो, तर सहमतिमा नेताहरुबीच नै मतभेद रहेपछि विवाद समाधान हुन सकेको छैन । यद्धपी नेताहरुले भने सहमतिका लागि अधिकतम प्रयास गर्ने बताउदै आउका छन् ।

This image has an empty alt attribute; its file name is vediography2-3.gif

Leave a Reply

Your email address will not be published. Required fields are marked *