December 5, 2023

पार्टी एकताका लागि लचकता अपनाउदै प्रयत्न जारी राख्ने निर्णय

Communist Party of Nepal (Unified Marxist–Leninist) - Wikipedia

नेकपा एमालेले पार्टी एकताका लागि लचकता अपनाउदै अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले अन्तिमसम्म पनि पार्टी एकताका लागि अधिकतम पहल गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाले पार्टी एकताको लागि गठन भएको कार्यदल अस्तित्वमा नरहेको र अहिलेको अवस्थामा नेताहरूबीच व्यक्तिगत र समूहगत रूपमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाले नेताहरुलाई सोधिएको स्पष्टिकरणको बारेका कुनै निर्णय नभएको बताउनुभयो ।त्यस्तै बैठकले सर्वोच्च अदालतमा भइरहेको अस्वस्थ गतिवधि उचित नभएको निष्कर्ष निकालेको छअदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र आफूले चाहेको जस्तो फैसला खोज्ने ढङ्गले सिर्जना गरिएको दवाव स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल नखाने निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै बैठकमा आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा छलफल तथा कोभिड–१९ रोकथामका लागि भइरहेका काम र लुम्बिनीको उपननिर्वाचनको समीक्षा गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । लुम्बिनीमा सोमवार भएको राष्ट्रियसभाको उप निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानविन हुने उहाले बताउनुभयो । त्यस्तै प्रवक्ता ज्ञवालीलेकोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा आपत्ती जनाउनुभयो ।उहाले आलोचना गर्नेहरुले खोप ल्याएर नागरिकहरुको जीवन रक्षा गर्नु ठूलो हो भन्ने न्यूनमत मानवीयता समेत नराखेको भन्दै मानविय संवेदनशिलताको मामिलामा राजनीतिक प्रश्न नगर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *