December 5, 2022

पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने: मन्त्री शेरबहादुर कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने भन्दै पार्टी र देश सहकार्य, शालिनता र एक अर्काको अस्तित्व स्वीकारबाट मात्र चल्ने बताउनुभएको हो । उहाँले विज्ञान र प्रविधिको उपयोगबारे अछामका युवाहरुले पनि बुझेकाले त्यो बुझाईलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा सत्ता गठबन्धनमा मत हालेर प्रटक गर्ने आफूले विश्वास लिएको बताउनुभयो । सत्ता गठबन्धनबाट अछाम क्षेत्र नम्बर १ का साझा उम्मेदवार रहनुभएका मन्त्री कुँवरले कस्ता उम्मेदवारले अछामी जनताको प्रतिनिधित्व गर्न सक्छन भन्ने कुरा जनतालाई थाहा भएकाले अछामी जनताले गठबन्धनलाई मत दिने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले भीम रावल राष्ट्रिय नेता तथा अछामी जनताको अभिभावक समेत रहेकाले एमालेले टिकट नदिएर सही वा गलत गर्यो भन्ने कुरा जनताले फैसला गर्ने बताउनुभयो ।
कार्यक्रमा अछाम क्षेत्र नम्बर १ प्रदेशसभा क का उम्मेदवार मेघराज खड्काले प्राकृतिक स्रोत र साधनले भरिपूर्ण सुदुरपश्चिम धेरै सम्भावना बोकेको क्षेत्र भएकाले त्यसलाई नमुना र समृद्ध प्रदेश बनाउन भूमिका खेल्ने गरी आफूले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएको बताउनुभयो ।

त्यस्तै मन्त्री कुँवरले आफूले श्रम मन्त्रालय सम्हालेको ४ महिनाको बीचमा श्रमिकको हक हित सुरक्षित गर्ने, श्रम क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्ने, श्रमिको उपचारमा लाग्ने खर्चलाई अनलाइन प्रणालीबाट भुक्तानी दिनेलगायत काम गरेको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.