November 30, 2023

पार्टी विधि विधान अनुसार चल्न नसकेको आरोप

This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif
Gagan Thapa criticises govt's health policy - The Himalayan Times - Nepal's  No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business,  World, Sports, Entertainment, Travel, Life Style News

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी विधि विधान अनुसार चल्न नसकेको आरोप लगाउनुभएको छ ।
शुक्रबार काठमाडौंमा विपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले पार्टीलाई बिधान अनुसार चलाउन नसकेको दोष सवैले लिनुपर्ने पनि बताउनुभयो ।
पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवादका बिषयमा पार्टी पदाधिकारीले हस्तक्षेप गर्नु बिधान बिपरित भएको उहाको भनाई छ । उहाले पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको उल्लेख गर्नुभयो ।
पार्टीले बिधानमा बाहिर गएर क्रियाकलाप गर्दै आएको उहाले बताउनुभयो । थापाले कांग्रेसले आफ्नो महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

फरक प्रसंगमा थापाले कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन सिंगो पार्टी लाग्नुपर्ने भन्दै सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताउनुभयो ।उहाले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई महशुस हुनेगरि काम गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *