October 29, 2021

पाल पुलिस क्लबको एपीएफ क्लबमाथि रोमान्चक जित

750+ Volleyball Pictures | Download Free Images & Stock Photos on Unsplash

पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विभागीय टिम नेपाल पुलिस क्लबले अर्को विभागीय टिम एपीएफ क्लबमाथि रोमान्चक जित निकालेको छ ।त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा मंगलबार भएको विभागीय डर्बीमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो । पाँच सेटमा पुगेको खेलमा सुरुवाती दुई सेट पुलिसले २५–२१ र २५–२३ ले जितेको थियो ।

त्यसपछिको दुई सेटमा एपीएफले २५–२० र २५–१७ ले आफ्नो बनायो । अन्तिम सेट १५–१३ ले जित्दै पुलिसले खेल आफ्नो बनायो । यस जितसँगै पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । पुलिस तालिकाको चौंथो स्थानमा रहेको छ । एपीएफले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एपीएफ ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ लिगमा हेल्प नेपाल ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.