December 5, 2023

पुनर्निर्माणका काममा फर्कन सहमत

२ लाख ९६ हजार घरको पुनर्निर्माण सम्पन्न, १ खर्ब ४८ अर्ब अनुदान वितरण -  Arthakoartha.com

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरु तत्काल कार्यक्षेत्रमा फर्केर पुनर्निर्माणका काममा फर्कन सहमत भएका छन् ।आइतबार प्राधिकरणमा भएको वार्ता र छलफलपश्चात् इञ्जिनियरहरुले पाउने संचार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकहरुलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएपछि उनीहरु काममा फर्कन सहमत भएका हुन् ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा छलफल भएको हो । छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत् प्राविधिकहरुको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।

सहमतिपछि प्राविधिकहरुको समस्या सम्बोधन गर्न आफुहरु तयार रहेको जानकारी दिनुभयो । उहाले आगामी आर्थिक बर्षभित्र पुननिर्माणका काम सम्पन्न गर्नेगरि अघि बढ्ने बताउनुभयो ।सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण प्राविधिकहरु काममा खटिने र असार मसान्तभित्र धेरैभन्दा धेरै लाभग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *