July 30, 2021

पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुने

SPECIAL FIVB VOLLEYBALL CALENDAR FOR 2020 – Asian Volleyball Confederation

प्रथम महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृती कप गाउँ स्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।खेलको माध्यमबाट पर्यटन प्रवर्धन, महिला शसक्तिकरण, समानताको आवाज बुलन्द गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा बैशाख ८, ९ र १० गते भलिबल प्रतियोगिता आयोजना हुने भएको हो । राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिन बैशाख १० गतेलाई प्राथमिकतामा राखेर फाईनल खेल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आयोजकले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सगरमाथाको फेदि खुम्बु पासाङ ल्हामु गाउँपालिका सुर्केमा आयोजना गरिने बताईएको छ ।

प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख उपविजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत तर्फका उत्कृष्ट खेलाडी, रेजर र सेटरलाई समेत पुरस्कृत गरिने आयोजक कमिटिका संयोजक जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।त्यस्तै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा काम गर्नेसंग सहयोग गर्न तयार रहेको बताउनुभयो ।प्रतियोगितामा सहभागीता जनाउन महिलालाई ६ हजार र पुरुष टिमलाई ७ हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.