October 16, 2021

पुलिस क्लबले पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको

Police beat Army to win PM Cup - The Himalayan Times - Nepal's No.1 English  Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports,  Entertainment, Travel, Life Style News

नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो । उपाधिसँगै पुलिसले ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझाएको छ । प्रतियोगीतामा नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पुलिस क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सर्वोत्कृष्ट चुनिएका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले ५० हजार प्राप्त गरे । यस्तै त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी उत्कृष्ट ब्याट्सम्यान चुनिए । बागमती प्रदेशका आरियो पौडेल उत्कृष्ट बलर चुनिए । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.