December 4, 2022

पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको आरोप प्रमाणित गर्न अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिनुभएको छ । बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङलाई चुनौती दिनुभएको हो । आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसके एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी हुने थापाको चेतावनी छ । १५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्माछिरिङले आफू प्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियो क्लिपमार्फत थापाले सार्वजनिक गर्नुभएको थियो । थापाले पत्रकार सम्मेलनको मुख्य उदेश्य आरोप प्रमाणित गर्नुस भन्नु रहेको र एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो । यस्तै उहाले चाँडै आफु कानूनी रुपमा राखेप, मन्त्रालय, फिफा लगायतका निकायमा अपिल गर्ने समेत बताउनुभयो । उहाले एएफसीका पूर्व अध्यक्ष बीन हमामसँग लिएको एक लाख डलरका कारण फिफाले आफुलाई कारवाही गरेको र त्यो सहर्ष स्विकारेर कारवाही भोगिरहेको बताउनुभयो ।

फिफाले थापालाई १० बर्षसम्म कुनैपनि फुटबल गतिविधीमा संलग्न हुन नपाउने गरेर कारवाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published.