March 27, 2023

पूर्वनिर्धारित तालिकामा हेरफेर गर्ने निर्णय

CPN Maoist Center to dwell on political scenario - myRepublica - The New  York Times Partner, Latest news of Nepal in English, Latest News Articles
Maoist Center's CC meeting mulls party's new name

नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह र प्रदेश सम्मेलनको पूर्वनिर्धारित तालिकामा हेरफेर गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी सदस्यता नवीकरणका साथै वडा, पालिका र प्रदेश सम्मेलनको तालिका हेरफेर गर्ने निर्णय गरेको हो । बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप गर्ने, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म र पालिका सम्मेलन मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । त्यस्तै प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थप गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकले ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ भने १ सय ४९ जनाको सल्लाहकार समिति बनाएको छ ।

त्यस्तै २५ सदस्यीय लेखा आयोग , २५ सदस्यीय अनुशासन आयोग र भूगोल भन्दा बाहिर काम गर्ने १७५ जनाको विशेष समिति बनाइएको प्रवक्ता महराले बताउनुभयो । त्यस्तै अन्य पार्टीबाट माओवादीमा समाहित भएकाहरुको कार्यबिभाजनका लागि गठिन कार्यदलले प्रतिवेदन पेश गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । माओवादी स्थायी कमिटी बैठक बिहीबार पुन बस्ने छ ।

Leave a Reply

Your email address will not be published.