November 30, 2023

पूर्वाधारको विकास विना खेल क्षेत्रको विकास नहुने

Three benefits to joining a sports team or society at university | Student

उराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदको विकासका लागि पूर्वाधार पहिलो सर्त भएको बताउनुभएको छ ।बुधबार ओलम्पिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै उराष्ट्रपति नन्दबहादुर पुनले पूर्वाधारको विकास विना खेल क्षेत्रको विकास नहुने बताउनुभएको हो । उहाले कमजोर पूर्वाधारले खेलकुदको विकास हुन नसक्ने तर्क गर्नुभयो । खेलाडीलाई जीवन निर्वाह गर्न पुग्ने गरी व्यवस्थापन गर्न नसके खेल क्षेत्रको विकास सम्भव नरहेको बताउदै उपराष्ट्रपति पुनले सम्बन्धीत निकायले यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । उहाले भौतिक वूर्वाधार सहित नियमित अभ्यास गर्न मिल्ने भौतिक संरचना भए अन्र्तराष्ट्रिय क्षेत्रमा खेलाडीले देशको नाम चम्काउन सक्ने बताउनुभयो । उहाले कोरोना महामारिको समयमा समेत खेल क्षेत्रले अतुलनिय प्रगति गरेको भन्दै प्रशंशा समेत गर्नुभयो ।

उहाले खेल क्षेत्र पनि कोरोना महामारिबाट अछुतो नरहेकाले यसबाट बच्न र बचाउन कोरोना विरुद्धका नियमहरु पालना गर्नु आजको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा नेपाल ओलम्पितक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वमा तीन पीलरको काममा गरिरको बताउनुभयो । उहाले मुभ,लर्न र डिस्कभरी गरी तीन आधारमा ओलम्पिक गतिविधि भइरहेको जानकारी दिनुभयो ।श्रेष्ठले खेल अनुशासनका लागि आग्रह गर्दै यस क्षेत्रलाई म¥यादित बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *