December 5, 2023

पूर्व राजा ज्ञानेन्द्र शाह ले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाह ले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । मंगलबार समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका शाहले पृथ्वीनारायणको सालिकमा माल्र्यापण गर्नुभएको हो । सो क्रममा समर्थकहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।

त्यस्तै उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ लगायत नारा लगाएका थिए । पूर्व राजा पुग्दा भिड नियन्त्रण समस्या देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *