March 27, 2023

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन

nepal-oil-nigam | तारकेश्वर अनलाईन Tarakeshowr Online

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठन काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत रत्नराज्य क्याम्पस अगाडी सत्तारुढ दल निकटका विद्यार्थी संगठनले ग्यास सिलिण्डर बोकेर बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले राजीनामा माग गरेका छन् भने मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने? लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि खारेज गर , मूल्यबृद्धि नियन्त्रण गर, संयुक्त बिद्यार्थी आन्दोलन जिन्दावाद लगाएतका नारा लगाएका थिए । बिरोध प्रर्दशनपछि नेपाल एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले निगमको निजि स्वार्थका कारण मूल्यबृद्धि गरेको आरोप लगाउनुभयो ।

उहाले तत्काल मूल्यबृद्धि फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै निगम भित्रको भ्रष्टचारको छानविन गर्न माग गर्नुभयो ।त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्वीकार नभएको भन्दै मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो । नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

Leave a Reply

Your email address will not be published.