



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पार्नुभएको छ ।प्रकाश बिकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक बिमोचन गर्दै प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाई आफु प्रधानमन्त्री बन्न नभएको स्पष्ट पार्नुभएको हो ।सवैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गर्नुभयो ।
उहाले यसअघि पनि पटक पटक आफुलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताउनुभयो ।आफुलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउदै प्रचण्डले अवको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताउनुभयो ।त्यस्तै प्रचण्डले जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
