October 16, 2021

प्रचण्डले ओलीले अहिलेसम्म प्राप्त उपलब्धी हत्या गर्ने काम गरेको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले अहिलेसम्म प्राप्त उपलब्धी हत्या गर्ने काम गरेको बताउनुभएको छ ।सोमबार काठमाडौंमा अखिल महिला नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकदलाई सम्बोधन गदै प्रचण्डले संविधानमा नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेको समेत बताउनुभयो ।उहाले जनताले लामो संघर्षबाट प्राप्त गरेको उपलव्धीहरुलाई जोगाउन आफुहरु संघर्षमा उत्रनुपरेको धारणा राख्नुभयो । प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने बताउनुभयो । अहिलेको विवाद पदको नभएर विचारको भएको भन्दै सहमतिमा नै ओलीले आक्रमण गरेको आरोप लगाउनुभयो ।उहाले नेपालको इतिहासमा महिला आन्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरी एक पटक आन्दोलनमा सक्रिय भएर जाग्न अनुरोध गर्नुभयो । उहाले संसद बिघटनको बिषयमा अदालतमा बहस भइरहेको भन्दै अदालतमाथि थप टिप्पणी नगर्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै नेकपा सो पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीको असंवैधानिक कदमबिरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने धारणा राख्नुभयो । ओलीमा प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने गुण नरहेको भन्दै बामदेव गौतमले नै प्रधानमन्त्रीको राजीनामा मागेको उहाले दावी गर्नुभयो । नेता नेपालले प्रधानमन्त्री ओलीको नियत वैशाखमा चुनाव गर्ने नरहेको जिकिर गर्नुभयो ।कार्यक्रममा प्रचण्ड माधव पक्षकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीका विरुद्ध उत्रिने बेला आएको बताउनुभयो । विदेशीको डिजाइनमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने र राष्ट्रपतिले त्यसलाई एक मिनेट पनि सोची ‘ओके’ गर्नु भनेको मुलुकलाई संकटको भुमरीमा पार्नु भएको उहाको भनाई छ ।

Leave a Reply

Your email address will not be published.