July 26, 2021

प्रचण्डले घोषणापत्र अनुसार काम गर्न ओलीले नसकेको आरोप

Prachanda | Biography & Facts | Britannica

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको आरोप लगाउनुभएको छ ।आइतबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको र अब आफूहरुले गर्ने बताउनुभएको हो ।अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने स्पष्ट पार्नुभयो । प्रचण्डले लामो संघर्ष र बलिदान पछि पाएको संविधानमाथि प्रहार भएको भन्दै सिंगो देश नै स्तब्ध भएको जिकिर गर्नुभयो ।उहाले ओलीभित्रको रोग कतै आफूलाई सर्छ किन भनेर डर लागिरहेको टिप्पणी गर्दै केपी प्रवृत्तीको मेजर उपचार गर्नुपर्ने आवश्यक ठानेर संघर्षमा उत्रिएको धारणा राख्नुभयो ।

प्रचण्डले युवाहरुको काँधमा भोलीको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको बताउँदै देश( दुनियाँले देख्नेगरी आन्दोलनलाई सशक्त बनाउन समेत आग्रह गर्नुभयो ।सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्यापछि आफु हासेर बस्न नसक्ने उहाले बताउनुभयो ।ओलीलाई प्रधानमन्त्री पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको उहाले बताउनुभयो । त्यस्तै उहाले सर्वोच्चले जनताको पक्षमा फैसला गर्ने समेत उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.